दमाैली । नेकपा एकीकृत समाजवादी तनहुँले स्थानीय निर्वाचनका लागि तयारी थाल्ने निर्णय गर्दै सुक्ष्म योजना बनाउने निर्णय गरेको छ । शनिबार दमौलीमा सम्पन्न पार्टीको बैठकले स्थानीय तह निर्वाचनमा गठबन्धन भएपनि नभएपनि आफ्नो तयारी थाल्ने निर्णय गरेको हो ।
नेकपा एसले निर्वाचनका लागि आफ्नो शक्ति मजबुद बनाउने निर्णय गरेको नेकपा एसका जिल्ला सचिव श्रीराम कार्कीले जानकारी दिए ।