दुलेगाैडा । नेकपा माओवादी केन्द्रले शुक्लागण्डकी नगरपालिकाको मेयरमा पूर्वमन्त्री आशा काेइरालालाई उठाउने निर्णय गरेको छ । नगर कमिटीको शनिबार बसेकाे बैठकले उनलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
गठबन्धनमा शुक्लागण्डकीको प्रमुख माओवादीले दाबी गर्दै मेयरमा काेइरालालाई सिफारिस गरेको नेकपा माओवादी केन्द्र शुक्लागण्डकीका अध्यक्ष मनराज गुरुङले बताए ।
काेइरालाले २०७४ साउनमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् । उनी गण्डकी प्रदेशसभा सदस्य समेत हुन् ।
पार्टीले आवश्यकता महशुस गर्दै उम्मेदवार बनाएकामा आफूले सहर्ष स्वीकार्ने काेइरालाकाे प्रतिक्रिया छ ।