दमौली। व्यास नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट एकै परिवारका तीन जना आकांक्षी देखिएका छन् । व्यास नगर कमिटीको शनिबार आयोजित बैठकमा एकै परिवारका तीन जनाले मेयरमा दावी गरेका हुन् ।
व्यास-५ निवासी राजेन्द्रकेशरी न्यौपाने, अतिन्द्रकेशरी न्यौपाने र सिर्जना सिग्देलले मेयरमा दावी गरेका हुन् । आकांक्षीमध्ये राजेन्द्र बुबा हुन् भने अतिन्द्र र सिर्जना श्रीमान् श्रीमती हुन् ।
यस्तै व्यासको मेयरमा रामचन्द्र सापकोटा, इश्वर बस्याल, गोपाल सुर्खाली, बसन्त दरै र रामहरि बजगाईले पनि मेयरमा दावी गरेका हुन् ।