दुलेगाैडा । नेकपा एकीकृत समाजवादीले भिमाद र शुक्लागण्डकी नगरपालिकाको मेयर उम्मेदवार सिफारिस गरेको छ । भिमादको मेयरमा काजीमान श्रेष्ठ र शुक्लागण्डकी नगरपालिकाको मेयरमा चित्र थापा सर्वसम्मत सिफारिस भएका हुन् ।
भिमादको मेयरमा सिफारिस हुने श्रेष्ठ सो पार्टीको भिमाद नगर कमिटी अध्यक्ष एवं प्रदेश कमिटी सदस्य हुन् भने शुक्लागण्डकीको मेयरमा सिफारिस हुने थापा पार्टीका केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज हुन् ।