शुक्लागण्डकीका मेयरले गाडी फिर्ता गरे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीका मेयरले गाडी फिर्ता गरे

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०७९, आईतवार

    दुलेगाैडा । जिल्लाको शुक्लागण्डकी नगरपालिकाका मेयरले आफूले प्रयोग गर्दै आएकाे सवारी सुविधा फिर्ता गरेका छन् । आइतबार शुक्लागण्डकीका मेयर किसान गुरुङले प्रयोग गर्ने ग १ झ ३२८ नम्बरको सवारीको चाबी प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेलाई हस्तान्तरण गर्दै सुविधा फिर्ता गरे ।

    आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै तनहुँमा आफूले चढ्दै आईरहेको सवारी फिर्ता गर्ने उनी पहिलो जनप्रतिनिधि हुन् । उनले फेरी पनि मेयरमा दोहोरिनलाई पार्टीमा आकांक्षा देखाएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर कार्य समितिले उनी सहित १० जना आकांक्षी मेयरको नाम जिल्ला कार्य समितिलाई सिफारिस गरेको छ ।

    तर अब मेयरको उम्मेद्वार नभएपनि सरकारी सवारीको प्रयोग नगर्ने मेयर गुरुङको उद्घोष छ । निर्वाचन आचार संहिता सुरु भएलगत्तै सवारी फिर्ता गर्न चाहेपनि कार्यालयको कामको कारण ढिलाई भएको उनको भनाई छ । ‘निर्वाचन नजिकिएकाले अब नगरपालिकाले सवारी प्रयोग नगर्नेगरी फिर्ता गरेको छु’, उनले अगाडी थप्दै भने, ‘अब मेयरको उम्मेद्वार भएपनि नभएपनि सवारीको सुविधा लिन्न ।’ निर्वाचनको प्रकृयामा सहभागी भएर जनताको सेवक बन्ने अवसर पाएर सरकारले दिएको सुविधामध्ये सवारी सुविधा फिर्ता गरेको उनले बताए ।