पीडितले बयान फेर्दैमा पल शाहले सफाइ पाउँछन्?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पीडितले बयान फेर्दैमा पल शाहले सफाइ पाउँछन्?

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०७९, आईतवार

    दमाैली। अभिनेता पल शाहमाथि लागेको बलात्कारको अभियोगले नयाँ मोड लिएको छ। 

    जिल्ला अदालत तनहुँमा पीडित नाबालिग र जाहेरवाला उनका बुवाले शाहलाई राहत मिल्ने गरी बकपत्र दिएपछि मुद्दा कमजोर हुने संकेत देखिएको हो। 

    आइतबारदेखि जिल्ला अदालत तनहुँमा बकपत्र सुरु भएको छ।  सुरुमै बकपत्रका क्रममा पीडित नाबालिग गायिकाले आफूमाथि बलात्कार नभएको बताएकी छन्। 

    अदालतमा उपस्थित एक कानुन व्यवसायीले भने, ‘उहाँले आफूमाथि बलात्कार नभएको बताउनु भएको छ। यसअघि अभियोजनमा भएको बयान पनि आफ्नो नभएको पीडितले बताउनु भएको छ।’

    पीडित र जाहेरवालाले बकपत्रमार्फत बयान फेरेसँगै पल शाहले सफाइ पाउने सम्भावना बढेको छ।  कतिपय मुद्दामा बकपत्र फेरिएसँगै पीडकले सफाइ पाएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए। 

    ‘पीडितले नै होइन भनेपछि त अदालतले सफाइ दिन सक्ने भयो। तर पीडित माथि नै कारबाही हुन पनि सक्छ’, त्रिपाठीले नेपालखबरसँग भने, ‘यसअघि अदालतले यसरी फैसला गरेका प्रशस्त उदाहरण छन्।’ यसअघि जिल्ला अदालत अछामले बलात्कारकै मुद्दामा पीडक भनिएका व्यक्तिलाई सफाइ दिँदै पीडित युवतीलाई साढे तीन वर्ष जेल सजाय तोकेको छ।  त्यसपछि ती युवतीलाई सुधार गृहमा राखिएको छ। पीडक भनिएका युवक छुटिसकेका छन्।  तर यो मुद्दा उच्च अदालत दिपायलमा पुगेको छ। जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको छ।