दुलेगौडा । शुक्लागण्डकी नगरपालिकाकी उपमेयरले पनि आफुले लिदैँ आईरहेको सवारी सुविधा फिर्ता गरेकी छन् । उनले प्रयोग गर्ने ग १ झ ८४९७ नम्बरको गाडी र चाबी प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेलाई सोमबार हस्नतानरण गरिन् ।
चुनाव केन्द्रित गतिविधिमा सामेल हुने भएकाले नगरपालिकाले दिएको सवारी नढ्ने उनले बताइन् । शुक्लागण्डकी–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले पनि आफूले चढ्ने सरकारी स्कुटर सोमबार नै फिर्ता गरेका छन् । आइतबार मात्रै मेयर किसान गुरुङले पनि सवारी फिर्ता गरेका थिए । यस्तै नगर प्रवक्ता खिमबहादुर कुमाल र वडा नम्बर ४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले पनि मोटर साइकल फिर्ता गरेका छन् ।