सिट भागबण्डा नमिल्दा तनहुँमा गठबन्धनमा सकस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सिट भागबण्डा नमिल्दा तनहुँमा गठबन्धनमा सकस

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०७९, सोमबार

    दमौली । सत्तारुढ दलबीच स्थानीय तहको सिट भागबण्डा नमिल्दा तनहुँमा सकस परेको छ । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तनहुँबीच पालिकाको भागबण्डा नमिल्दा सकस परेको हो ।

    गठबन्धनको बैठक सोमबार नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा बसेपनि कुरा नमिलेपछि निष्कर्षविहिन भएको काङ्ग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । बैठक निष्कर्षविहिन भएपनि यसलाई निरन्तरता दिने सहमति भएको छ ।

    बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले माग गरेअनुसारका पालिका दिन नसकिने काङ्ग्रेसले जनाएको छ । नेपाली काङ्ग्रेसले आफूले जितेका पालिकाको नेतृत्व आफैसँग सुरक्षित राखेर अन्यमा छलफल गर्न सकिने जनाएको छ ।

    नेकपा माओवादी केन्द्रले बन्दीपुर, आँबुखैरेनी गाउँपालिका र शुक्लागण्डकीको प्रमुख माग गरेको छ भने ऋषिङ, देवघाट गाउँपालिकाको प्रमुख तथा भानु र भीमाद नगरपालिकाको उपप्रमुख माग गरेको छ ।

    यसैगरी नेकपा एकीकृत समाजवादीले भिमाद, शुक्लागण्डकी र भानु नगरपालिकाको प्रमुख, ऋषिङ, देवघाट गाउँपालिका तथा व्यास नगरपालिकामा उपप्रमुख माग गरेको छ । जनता समाजवादी पार्टीले देवघाट गाउँपालिकाको अध्यक्षका साथै सबै पालिकामा उपस्थिति माग गरेको छ ।

    बैठकमा काङ्ग्रेसले बन्दीपुर, देवघाट गाउँपालिका तथा भिमाद नगरपालिकामा आफू दोस्रो भएको कुरा प्रस्तुत गरेको थियो ।

    विसं २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसले देवघाट गाउँपालिकामा उपाध्यक्ष, आँबुखैरेनी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, भानु नगरपालिकाका प्रमुख, उपप्रमुख, व्यास नगरपालिकामा प्रमुख उपप्रमुख, म्याग्दे गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, शुक्लागण्डकी नगरपालिकामा प्रमुख, ऋषिङ गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष जितेको थियो ।