तनहुँ फुटबल सङ्घमा पालिखे निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँ फुटबल सङ्घमा पालिखे निर्वाचित

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०७९, सोमबार

    दमौली । तनहुँ फुटबल सङ्घ (एन्फा) को अध्यक्षमा सत्यभक्त पालिखे निर्वाचित भएका छन् । सङ्घको सोमबार ऑबुखैरेनीमा सम्पन्न साधारणसभा तथा अधिवेशनबाट पालिखे एन्फाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

    सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि सहमति नभएपछि मतदान भएको थियो। मतदानबाट पालिखेले ६ र अध्यक्षका प्रत्यासी सोम थापाले ४ मत प्राप्त गरेका थिए । एन्फामा जिल्लाका १० क्लवको आबद्धता छ ।

    अन्य पदमा भने निर्विरोध भएको छ। उपाध्यक्षमा हरि तिमिल्सना, दिनेश केसी, भिजन श्रेष्छ, महिला सदस्यमा सविता भट्टराई, सदस्यहरुमा नलबहादुर दरै, विजय गुरुङ, चन्द्रबहादुर आले, सुरज थापा मगर, जयप्रकाश केसी, किशोर पन्थ, प्रमोद वाग्ले, इन्द्र गुरुङ, ज्योति श्रेष्ठ र कुमार श्रेष्ठ चयन भएका छन्।

    कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि त्रिपाठीले खेलकुदले नेपालको नाम अन्तर्राष्ट्रियस्तरसम्म परिचित भए पनि सरकारले खेल क्षेत्रलाई पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताए ।

    सङ्घका अध्यक्ष रत्नकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य लालबहादुर ज्वारचन, व्यास नगरपालिकाका प्रवक्ता एवं सङ्घका वरिष्ठ उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, नेपाली कांग्रेस भिमादका सभापति अरविन श्रेष्ठ, आँबुखैरेनी गाउँपालिका–४ का वडाध्यक्ष नेत्र गुरुङ, आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसी, भिमाद युवा क्लबका अध्यक्ष नवीन श्रेष्ठलगायतले खेलकुदलाई प्राथमिकता दिनुपर्ने आग्रह गरे ।