दमौली । राप्रपा तनहुँले भानु नगरपालिकाको मेयर उम्मेदवार टुंगो लगाएको छ । राप्रपाले भानुको मेयरमा शेरजंग अधिकारीलाई उठाउनो निर्णय गरेको हो।
राप्रपा तनहुँका अघ्यक्ष विनोद घर्तीका अनुसार भानु-१ को वडाध्यक्षमा सुजन कुमाल उम्मेदवार बन्नेछन् । उनी तरुण दलक सचिव हुन् ।
यस्तै भानु-६ मा अम्बर थापालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ ।
पछिल्लो समय तनहुँमा राप्रपाप्रति आकर्षण बढेको घर्तीले बताए ।