व्यास नगरपालिकाद्वारा पाँच वर्षमा एक सय एक कानून निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाद्वारा पाँच वर्षमा एक सय एक कानून निर्माण

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०७९, मंगलवार

    दमाैली । तनहुँको व्यास नगरपालिकाले पाँच वर्षको अवधिमा एक सय एक कानून निर्माण गरेको छ । विसं २०७४ सालको निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले पाँच वर्षको अवधिमा एक सय एक कानून निर्माण गरेका हुन् ।

    यसक्रममा २९ ऐन, ९ नियमावली, ५० कार्यविधि, ८ निर्देशिका र अन्य ५ गरी एक सय एक कानून निर्माण गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।

    ऐनतर्फ आर्थिक ऐन २०७४, विनियोजन ऐन २०७४, व्यास नगरपालिका न्यायिक समिति (कार्यविधि सम्बन्धी ऐन २०७४, सहकारी ऐन २०७४, आर्थिक कार्यविधि ऐन २०७४, स्थानीय कृषि व्यवसाय प्रबद्र्धन ऐन २०७४, फोहरमैला व्यवस्थापन सम्बन्धी ऐन २०७४, आर्थिक ऐन २०७५, विनियोजन ऐन २०७५, अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम (सञ्चालन कार्यविधि) ऐन २०७५, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५, नगर शिक्षा ऐन २०७५, प्रशासकीय (कार्यविधि नियमित) गर्ने ऐन २०७५, आर्थिक ऐन २०७६, विनियोजन ऐन २०७६, आर्थिक ऐन २०७७, विनियोजन ऐन २०७७, वातावरणीय परीक्षण ऐन २०७७, सार्वजनिक निजी साझेदारी सम्बन्धी ऐन २०७७, विनियोजन ऐन २०७८, आर्थिक ऐन २०७८, नगर प्रज्ञा प्रतिष्ठान ऐन २०७८, पुरातत्व, प्राचिन स्मारक र सङ्ग्रहालय संरक्षण सम्बद्र्धन ऐन २०७८, कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८ कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको ऐन २०७८, कर्मचारी कल्याणकारी कोष सञ्चालन (कार्यविधि) ऐन २०७८, स्थानीय बजार व्यवस्थापन ऐन २०७८, सुशासन ऐन २०७८ र खेलकुद विकास ऐन २०७८ निर्माण गरिएको छ ।

    नियमावलीतर्फ कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणिकरण (कार्यविधि) नियमावली २०७४, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४, नगर कार्यपालिका (कार्य विभाजन) नियमावली २०७४, सभा सञ्चालन तथा व्यवस्थापन (कार्यविधि) नियमावली २०७४, व्यास नगरपालिका शिक्षा नियमावली २०७६, नगर प्रहरी नियमावली २०७७, युवा परिषद् नियमावली २०७७, सार्वजनिक निजी साझेदारी सम्बन्धी नियमावली २०७७ र आय ठेक्का बन्दोबस्त गर्ने सम्बन्धी नियमावली २०७८ निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

    निर्देशिकातर्फ लैङ्गिक हिंसा सेवा केन्द्र सञ्चालन सम्बन्धी निर्देशिका २०७५, स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी निर्देशिका २०७६, कृषि विकास कार्यक्रम कार्यान्वयन निर्देशिका २०७७, सहकारीमार्फत् मासु उत्पादन र विक्रीमा आधारित अनुदान कार्यक्रम निर्देशिका २०७७, दूध उत्पादन र बजारीकरणका आधारमा अनुदान कार्यक्रम निर्देशिका २०७७, व्यास नगरपालिका विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७, बधस्थल सञ्चालन तथा व्यवस्थापन सम्बन्धी निर्देशिका २०७८ र स्थानीय कृषि बजार व्यवस्थापन निर्देशिका २०७८ निर्माण गरिएको छ ।

    अन्यतर्फ पदाधिकारीहरुको आचारसंहिता २०७४, योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४, व्यास नगरपालिका कर्मचारी विशेष सुविधा सम्बन्धी मापदण्ड २०७५, स्नातक उत्तीर्ण बेरोजगार महिला अनुदान वितरण मापदण्ड २०७८, वैदेशिक रोजगारीबाट फर्किएका उद्यमशील युवाहरुलाई प्रदान गरिने स्वरोजगार कार्यक्रमको अनुदान सम्बन्धी मापदण्ड २०७८ निर्माण गरिएको छ ।

    कार्यविधितर्फ कार्यपालिका बैठक सञलन सम्बन्धी कार्यविधि २०७४, स्थानीय राजपत्र सम्बन्धी कार्यविधि २०७४, एफएम रेडियो (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि २०७४, सार्वजनिक समारोह सञ्चालन कार्यविधि २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५, लेखा समिति गठन र सञ्चालन कार्यविधि २०७६, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६, संस्था दर्ता तथा नवीकरण कार्यविधि २०७६, बजार अनुगमन कार्यविधि २०७६, बहाल कर व्यवस्थापन कार्यविधि २०७६ लगायत निर्माण गरिएको छ ।

    १५ वर्ष जनप्रतिनिधि विहिन अवस्थामा कर्मचारीको नेतृत्वमा चलेको नगरपालिका र नगरपालिका पुर्नसंरचना पछि यसको आकार प्रकारमा आएको परिवर्तन, विकासका चुनौति, साधन र स्रोतको अभावमा नगरवासीका सबै अपेक्षा पूरा गर्न नसकिएको नगरप्रमुख न्यौपानेले बताए। “नगरपालिकाप्रति नगरवासीको भरोसामा वृद्धि हुँदै गएको र नगरवासीका हरेक पक्षसँग नगरपालिका सकभर अपनत्व विकसित गर्दै आएको महशुस गरेका छौ,” नगर प्रमुख न्यौपानेले भने ।

    पाँच वर्षको अवधिमा धेरैजसो वडा कार्यालयमा भवन निर्माण, पुराना भवनलाई आधुनिक भवन निर्माणको प्रक्रियाको थालनी, स्वास्थ्य केन्द्रका भवन निर्माण गरिएको नगरप्रमुख न्यौपाने बताउँछन् । “पाँच वर्षमा नगरवासीको हितमा भए गरेका कामहरुको समिक्षा गर्ने दायित्व नगरवासीमा सुम्पिएका छौ,” उनले भने ।