भानुलाई शिक्षा र स्वास्थ्यमा नमूना बनाइनेछ : मेयर उम्मेदवार पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुलाई शिक्षा र स्वास्थ्यमा नमूना बनाइनेछ : मेयर उम्मेदवार पौडेल

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०७९, मंगलवार

    दमौली । भानु नगरपालिकाका मेयरका उम्मेदवार श्रीराम पौडेलले भानुलाई शिक्षा र स्वास्थ्यमा नमूना बनाउन कार्ययोजना सहित अगाडी बढ्ने बताएका छन्। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट सर्वसम्मतमा मेयरमा सिफारिस पौडेलले नगरलाई शिक्षा र स्वास्थ्यमा जिल्लाकै नमूना बनाइने बताए ।

    राम्रो शिक्षा, राम्रो जीवन भन्ने नारालाई सार्थक तुल्याउन भानु नगरपालिकाका सबै सरकारी विद्यालयको शैक्षिक, भौतिक स्तरोन्नति गरी सबै विद्यालय र शैक्षिक संस्थालाई अभिभावकको रोजाईको विद्यालय बनाइने पौडेलले बताए ।

    मेयरका उम्मेदवार पौडेलले जनतासँग भेटघाटका लागि घरदैलो अभियान सुरु गरिसकेका छन् । अरु दलमा उम्मेदवार छनौटमै सकस परिरहेका बेला पौडेल भने जनताको घर-घर पुगेका छन्। ‘जनताबाट सुझाव लिँदै जनताकै सेवा गर्न दृढ संकल्प बोकेको छु,’ उनले भने ।