एसइइ परीक्षाका लागि तनहुँमा केन्द्राध्यक्ष ताेकिए (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एसइइ परीक्षाका लागि तनहुँमा केन्द्राध्यक्ष ताेकिए (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०७९, मंगलवार

    दमाैली । एसइइ परीक्षाका लागि तनहुँमा केन्द्राध्यक्ष तोकिएका छन् । वैशाख ९ गतेदेखि सुरु हुने परीक्षाका लागि शिक्षा विकास तथा समन्वय इकाईले २६ केन्द्रमा केन्द्राध्यक्ष तोकेको हो । सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ ।

    निर्मल माविमा गणेशचन्द्र बस्नेत, जलदेवी माविमा जयराम सेढाइ, सत्यवती माविमा एकबहादुर गुरुङ, बालमन्दिर माविमा राजेन्द्रप्रसाद खनाल, महर्षिवेदव्यास माविमा आशिका श्रेष्ठ, चण्डिदेवी माविमा रामचन्द्र पोख्रेल, क्यामिन माविमा सूर्यमणि पौडेल, मिन माविमा राजेन्द्र भण्डारी, सरस्वती नमूना माविमा नारायण पौडेल, खैरेनी माविमा बोधराज ढकाल केन्द्राध्यक्ष नियुक्त भएका छन् ।

    जनकल्याण माविमा दिपक ढकाल, पञ्चमुनीदेव माविमा धु्रवकुमार मल्ल, हंशवाहिनी माविमा विजयराज पौडेल, गाउँफर्कोदय माविमा विमलप्रसाद सिग्देल, जनज्योति माविमा चन्द्रप्रकाश सुवेदी, धर्म माविमा कृष्णराज भण्डारी, शिवसरस्वती माविमा विष्णुप्रसाद बराल, विष्णु माविमा ऋषिराम ढकाल, पवित्रा माविमा जीवनाथ पौडेल केन्द्राध्यक्ष तोकिएका छन् ।

    भानु माविमा विज्ञान भट्टराई, होमराज लोहनी शारदा शिक्षा सदन माविमा गोविन्द भट्टराई, चोक माविमा अमृत नेपाली, चन्द्रावती माविमा प्रेमनाथ ढकाल, मित्रता माविमा सरितादेवी पौडेल र महेश संस्कृत गुरुकुल माविमा अशोक खत्री केन्द्राध्यक्ष तोकिएका छन् ।

    परीक्षामा तनहुँबाट छ हजार एक सय ८५ परीक्षार्थी सहभागी हुनेछन् । त्यसमध्ये ३७ जना परीक्षार्थी ग्रेडवृद्धि अन्तर्गत रहेको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका निमित्त प्रमुख विश्वप्रकाश रेग्मीले जानकारी दिए । ग्रेडवृद्धि (पुरक) परीक्षाको आवेदन फारम भरेका परीक्षार्थीको हकमा नियमित समूह तर्फका परीक्षार्थी जुन विद्यालयमा परेको छ त्यसै विद्यालयमा समावेश गरी परीक्षा दिने व्यवस्था मिलाइएको छ ।