दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–३ धोद्रेमा घाँटी रेटिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय लालबहादुर चेपाङ रहेको प्रहरीले जनाएको छ ।
धारिलो हतियार हँसियाले घाटी रेटिएको अवस्थामा गएराति घाइते अवस्थामा फेला परेका तामाङको आज उपचारका क्रममा पोखरास्थित गण्डकी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए।
घाइते अवस्थामा भेटिएका चेपाङलाई डुम्रेस्थित मोती क्लिनिकमा उपचारपश्चात् थप उपचारका लागि पोखरा पठाइएको थियो । “घर नजिकैको बारीमा गई निजले आफ्नै घाँटी हँसियाले रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, थप अनुसन्धान भइरहेको छ,” उनले भने ।