दाजुभाई एकीकृत कृषि फर्ममा सार्वजनिक सुनुवाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    दाजुभाई एकीकृत कृषि फर्ममा सार्वजनिक सुनुवाई

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०७९, मंगलवार

    दुलेगौँडा । दाजुभाई एकिकृत कृषी फर्ममा सार्वजनिक सुनवाई गरिएको छ । भिमाद नगरपालिका–९ जौपानीमा रहेको फर्ममा सोमबार बाख्रा पालन प्रबद्र्धन आयोजना सञ्चालनका लागि सार्वजनिक सुनवाई गरिएको हो ।

    कृषि तथा पुशपंक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखरा अन्तर्गत दाजुभाई एकिकृत कृषी फर्ममा बाख्रा पालन प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिएको ।

    आधुनिक खोरबाट उत्पादित खसी बोकाको स्वच्छ मासु र उन्नत जातका पाठा पाठी उत्पादन गर्ने उदेश्यले बाख्रा पालन प्रबद्र्धन कार्यक्रम सुरु गरेको फर्मका अध्यक्ष कृष्ण पुरीले बताए । ४९ लाख ९८ हजार ३३ रुपैयाँको लागतमा कार्यक्रम हुनेछ । जसमा कृषि तथा पुशपंक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराको अनुदान २४ लाख ९९ हजार १६ रुपैयाँ रहेको छ ।

    कुमारी बैंक दुलेगौँडाले १० लाख रुपैयाँ ऋण लगानी गर्नेछ । सार्वजनिक सुनवाईमा बोल्दै भिमाद नगरपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी क्षेत्रीले निर्वाहामुखी पशुपालनलाई विस्थापित गर्दै उत्पादनमुखी र व्यवसायीककमुखी बनाउनुपर्ने बताईन् । किसानलाई उत्पादनमा लाग्नलाई प्रेरित गर्न अनुदानको खाँचो रहेको उनको भनाई छ । भिमाद नगरपालिकाका पशु सेवा शाखा प्रमुख मुक्ति पौडेलले व्यवसायीक पशुपालनले वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यताको अन्त्य हुने बताए । गाउँको विकास र आर्थिक सम्बृद्धीका लागि उत्पादनसँग जोेडिनुपर्ने उनले उल्लेख गरे ।