दमाैली । घरबहाल सरोकार महासङ्घ तनहुँको अध्यक्षमा दधिराज घिमिरे चयन भएका छन् । शाखाको मङ्गलबार बसेको विशेष भेलाले घिमिरेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
संस्थाका अध्यक्ष विष्ण पराजुलीको अध्यक्षतामा बसेको भेलाले उपाध्यक्षमा पवित्रा खनाल, भिमसिंह ठकुरी, महासचिवमा सरोज भण्डारी, सचिवमा शिव ढौनिया, कोषाध्यक्षमा सुरेश भण्डारी र सदस्यहरुमा नबराज भट्ट, शिव खनाल, विनिता श्रेष्ठलाई चयन गरेको छ ।
भेलामा घरबहाल सरोकार महासङ्घका केन्द्रीय उपाध्यक्ष बालहरि अधिकारी, पूर्व अध्यक्ष राजकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।