‘आत्मनिर्भर भानु, स्वावलम्बी भानुवासी’ मूल लक्ष्य : मेयर उम्मेदवार पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘आत्मनिर्भर भानु, स्वावलम्बी भानुवासी’ मूल लक्ष्य : मेयर उम्मेदवार पौडेल

    खबरपुञ्ज संवाददाता

    ६ बैशाख २०७९, बुधबार

    भानु । भानु नगरपालिकामा मेयर उम्मेदवार श्रीराम पौडेलले आत्मनिर्भर भानु, स्वावलम्बी भानुवासी बनाउने मूल लक्ष्य रहेको बताएका छन् । पौडेलले भानुलाई आत्मनिर्भर बनाउँदै नगरवासीलाई स्वावलम्बी बनाउन उद्यमशील कार्यक्रम ल्याइने बताए ।

    एक घर : एक उद्यम कार्यक्रम सञ्चालन गरी नागरिकको प्रतिव्यक्ति आय बढाउने नीति लागु गरिने पौडेलले बताए ।

    मेयर उम्मेदवार पौडेल यतिबेला जनताको घरदैलोमा पुगिरहेका छन् । जनतासँगको भेटघाट र सुझावले आफूलाई उत्साहित बनाएको पौडेलको भनाई छ ।