पल शाहलाई नवलपुर लगियो, पीडितको बकपत्रको तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पल शाहलाई नवलपुर लगियो, पीडितको बकपत्रको तयारी

    खबरपुञ्ज संवाददाता

    ६ बैशाख २०७९, बुधबार

    दमाैली । नायक पल शाहलाई नवलपुर लगिएको छ । जबरजस्ती करणी अभियोगमा थुनामा रहेका शाहलाई बकपत्रको लागि आज नवलपुर लगिएको हो । तनहुँ अदालतमा उनी विरुद्ध पीडित र जाहेरीवालाको बकपत्र सकिएसँगै बुधबार नवलपुर पठाइएको जिल्ला कारागार तनहुँका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए ।

    नवलपुर अदालतमा पीडितको बकपत्रको तयारी थालिएको वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए। तनहुँ अदालतमा पीडित, पीडितका बाबु, गायक दुर्गेश थापा लगायतले बकपत्र गरिसकेका छन् ।

    तनहुँ अदालतमा पीडित र पीडितका बाबुले बयान फेरिसकेका छन् । पीडितले आफूले दबाबमा आएर जबरजस्ती करणीको आरोप लगाएको बताएकी छन् भने पीडितका बाबुले जबरजस्ती करणी नभएको भनेर बयान दिएका छन् ।

    नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ अदालतको आदेश बमोजिम शाह गत चैत १० गते शाह पुर्पक्षका लागि थुनामा गएका छन् ।