दमाैली । व्यास नगरपालिकाले प्राज्ञिक सभा गठन गरेको छ । केही दिन अगाडी बसेको नगर कार्यपालिकाको बैठकले प्राज्ञिक सभा गठन गरेको हो । नगर प्राज्ञिक ऐन २०७८ को दफा ७ (१) बमोजिम नगरपालिकाले सभा गठन गरेको छ ।
प्राज्ञिक सभामा ४६ सदस्य नियुक्त गरिएको छ । त्यसमा अधिकांश कांग्रेस निकट व्यक्तिलाई नियुक्ति गरिएको छ । नगरपालिकाले कार्यपालिकाको बैठकबाट सदस्य नियुक्त गरेपनि त्यो निर्णय सार्वजनिक गरेको छैन ।
खबरपुञ्जलाई प्राप्त नामावली अनुसार प्राज्ञिक सभामा कांग्रेस निकटका शिक्षक, नेता, पत्रकार, कलाकार नियुक्त भएका छन् । साथै केही सदस्य भने अन्य पार्टीबाट पनि नियुक्त भएका छन् । यद्यपि नगरपालिकाले प्राज्ञिक सभामा पार्टीका तर्फबाट भन्दा पनि विधाका आधारमा सदस्य नियुक्त गरेको जनाएको छ ।