घरबाट लडेर र ताताे खाेलेमा डुबेर तनहुँमा दुई बालिकाकाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घरबाट लडेर र ताताे खाेलेमा डुबेर तनहुँमा दुई बालिकाकाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    ६ बैशाख २०७९, बुधबार

    दमाैली । तनहुँमा भएका दुई छुट्टाछुट्टै घटनामा बुधबार दुई बालिकाको मृत्यु भएको छ । व्यास नगरपालिका र भानु नगरपालिकामा भएको घटनामा दुई बालिकाको मृत्यु भएको हो ।

    व्यास नगरपालिका–६ स्याउली बजारमा घरबाट खसेर तीन वर्षीया आकाङ्क्षा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए।

    खेल्ने क्रममा घरको दुई तल्लामाथिबाट लडेर घाइते परियारको उपचारका क्रममा पोखरा स्थित फेवासिटी अस्पतालमा मृत्यु भएको हो ।

    यसैगरी भानु नगरपालिका–१२ रतनपुरमा तातो खोलेमा डुबेर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई वर्षीया आरोही घर्ती रहेको प्रहरीले जनाएको छ । घरमा गाइवस्तुलाई खुवाउन पकाएर राखिएको तातो खोलेमा डुबेर घाइते उनको उपचारका क्रममा पोखरास्थित क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।