मिर्गाैला पीडित पूर्व प्रहरी सहायक निरीक्षकलाई तनहुँ प्रहरीकाे सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मिर्गाैला पीडित पूर्व प्रहरी सहायक निरीक्षकलाई तनहुँ प्रहरीकाे सहयाेग

    खबरपुञ्ज संवाददाता

    ६ बैशाख २०७९, बुधबार

    दमाैली । मिर्गाैला पीडित पूर्व प्रहरी सहायक निरीक्षकलाई तनहुँ प्रहरीले आर्थिक सहयाेग गरेकाे छ । आँबुखैरेनी गाउँपालिका-१ बस्ने लाेकबहादुर थापालाई तनहुँ प्रहरीले ३० हजार पाँच सय सहयाेग गरेकाे हाे ।

    उक्त रकम बुधबार प्रहरी नायब उपरिक्षक युवराज खड्काले हस्तान्तरण गरे । पीडितकाे उपचारका लागि सहयाेग पुगाेस् भनेर उक्त रकम प्रदान गरिएकाे खड्काले जानकारी दिए ।