गठबन्धनप्रति क्षेत्रीय सभापति खनालको असन्तुष्टि, भकारीबाट मानामा मत खन्याए पोखिन्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गठबन्धनप्रति क्षेत्रीय सभापति खनालको असन्तुष्टि, भकारीबाट मानामा मत खन्याए पोखिन्छ

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०७९, बिहीबार

    दमाैली । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ का सभापति चुडामणि खनालले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सहमतिप्रति असन्तुष्ट व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत् खनालले असन्तुष्टि व्यक्त गरेका हुन् ।

    खनालले स्थानीय स्तरको आवश्यकता हेरेर गठबन्धन गर्नुपर्ने भन्दै भकारीबाट मानामा मत खन्याउन खोजे पोखिने चेतावनी दिए । “रातदिन नभनी घरपरिवारलाई भन्दा पार्टीलाई बढी समय दिएर गाउँ गाउँ बस्ती बस्ती खट्ने कार्यकर्ताले आफ्नो पार्टीलाई भोट हाल्न नपाउँदा ती कार्यकर्ताको मनोबल के होला ? संगठन कता पुग्ला ?” उनले प्रश्न गरेका छन्, “जनप्रतिनिधि चुन्ने बेला आफ्ना प्रतिनिधिलाई भोट हाल्न नपाउने भएपनि संगठन के का लागि गर्नुप¥यो ।”