दमौली । नेपाली कांग्रेस तनहुँले पार्टीका उम्मेदवारलाई विजयी गराउन सचिव सहदेव अधिकारीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ । जिल्ला सभापति जितप्रकाश आलेको अध्यक्षतामा बिहीबार बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन अधिकारीको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिको सचिवमा पार्टी प्रवक्ता हरि वाग्ले छन् । उक्त समितिमा महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि सदस्य रहनेछन्।
बैठकले क्षेत्र, प्रदेश, पालिका र वडा एवं टोल समितिहरुमा पनि सभापतिको नेतृत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गर्न अनुरोध गरेको छ।