दमाैली । स्वास्थ्य कार्यालय तनहुँले चालु आर्थिक वर्षमा ३३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । संघ शशर्त र प्रदेश समानीकरणतर्फ विनियोजित बजेटमध्ये कार्यालयले ३३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको हो ।
प्रदेश समानीकरणतर्फ ५० प्रतिशत र संघतर्फ २४ प्रतिशत प्रगति हासिल भएको कार्यालय प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
कार्यालयले चालु आर्थिक वर्षमा क्षयरोग, प्रजनन् स्वास्थ्य, खोप, एड्स नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन गरेको जनाएको छ । साथै मातृ सुरक्षा, खानेपानी मुहान परीक्षण, बन्ध्याकरण लगायतका कार्यक्रम सम्पन्न भएको कार्यालयका सुदीप कंडेलले जानकारी दिए ।