भोलि बिहानै
भालेको डाँक सगै!
फर्मान हुनेछ हिटलरी
हुँकुम।
भोट फर……!
भोट फर…….!!
खर्कका ठुले हरु!
बेँसीका कान्छा कान्छीहरु!
बुर्कुसी मार्दै उफ्रदै भन्ने छन
जो हुँकुम ख्वामित्।
हामी त हजुरकै दास हौं
हजुरकै गोठका भेडा बाख्रा हौ!
गर्दन छिन्ने गरि मार हान्नुहोला।
हामी त! भाकल गरेर पालेर राखेका पाल्तु जनावर हौ।
जो हुँकुम ख्वामित्।
जे भन्नू हुन्छ स्वीकार छ।