घिरिङ-२ का वडाध्यक्ष नेकपा एसमा प्रवेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङ-२ का वडाध्यक्ष नेकपा एसमा प्रवेश

    खबरपुञ्ज संवाददाता

    ९ बैशाख २०७९, शनिबार

    दमौली । घिरिङ गाउँपालिका-२ का वडाध्यक्ष पूर्णबहादुर थापा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। एमालेबाट निर्वाचित वडाध्यक्ष थापा शनिबार नेकपा एसमा प्रवेश गरेका हुन् ।

    थापालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्वागत गरेका छन् । सो क्रममा मन्त्री श्रेष्ठले तनहुँमा पार्टीको प्रभाव शसक्त बन्दै गएको बताए ।

    नेकपा एसलाई वडाध्यक्ष थापाको प्रवेशले उत्साहित बनाएको छ।