म्याग्दे । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताकाे पहिलाे दिन म्याग्दे गाउँपालिकामा दुई जनाको मात्रै मनोनयन दर्ता भएको छ ।
दुई फरक पार्टीले अध्यक्ष र उपाध्यक्षमा उम्मेद्वारी दिएको निर्वाचन अधिकृत नवराज आचार्यले बताए । उनका अनुसार अध्यक्षमा मौलिक जरो किलो पार्टीबाट टोलराज वाग्ले र उपाध्यक्षमा राष्ट्रिय जनमुक्ती पार्टीका केशरबहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।