व्यासमा कांग्रेसबाट चार वडाध्यक्ष दोहोरिए, १४ वडामा यी हुन् उम्मेदवार (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा कांग्रेसबाट चार वडाध्यक्ष दोहोरिए, १४ वडामा यी हुन् उम्मेदवार (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०७९, मंगलवार

    दमौली । आसन्न स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकामा कांग्रेसबाट चार वडाध्यक्ष दोहोरिएका छन् । बॉकी दश वडामा कांग्रेसबाट नयॉले मौका पाएका छन् ।

    कांग्रेसबाट दोहोरिनेमा व्यास-२ का काशीराम श्रेष्ठ, व्यास-७ का सतिशतन्द्र न्यौपाने, व्यास-९ का सुरेश थापा र व्यास-१४ का काजीमान श्रेष्ठ रहेका छन् ।

    व्यास-१ मा रमेशचन्द्र हड्खले, ३ मा अनुप राना, ४ मा देउबहादुर गुरुङ, ५ मा यज्ञ खनाल, ६ मा जीवन गुरुङ, ८ मा युवराज गुरुङ, १० मा खेम पोखरेल, ११ मा दलबहादुर दुरा, १२ मा बमबहादुर आले र १३ मा बसन्त बहादुर आले उम्मेदवार बनेका छन् ।