बन्दीपुरका अध्यक्ष उम्मेदवार मानकाजीले खोले सम्पर्क कार्यालय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरका अध्यक्ष उम्मेदवार मानकाजीले खोले सम्पर्क कार्यालय

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०७९, बिहीबार

    बन्दीपुर । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार मानकाजी श्रेष्ठले सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसका स्थानीय वयोवृद्ध बिहारीलाल श्रेष्ठ र स्वतन्त्र उम्मेदवार श्रेष्ठले एक कार्यक्रमका बीच सम्पर्क कार्यालयको उद्घाटन गरे।

    कार्यक्रममा नेपाली कांग्रेस बन्दीपुर- २ का पार्टी सभापति नारायण खड्का, ६ का सभापति खुराकजंग गुरुङ, तरुण दलका जिल्ला सदस्य पुरण आले, नेपाल मुस्लिम संघ तनहुँका अध्यक्ष नेक महम्मद मिया, महिला नेतृ सबिना गुरुङ लगायतले पार्टीमा त्याग गरेकाले टिकट नपाउनु दुखद रहेको बताए ।

    स्वतन्त्र उम्मेदवार श्रेष्ठले सामाजिक क्षेत्रमा आफूले गरेको योगदान र पार्टी प्रतिको निष्ठाका आधारमा बन्दीपुरका जनताले आफूलाई विजयी गराउने बताए।

    कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि श्रेष्ठले बुधबार मात्रै साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका थिए ।