तनहुँसुर फिडर अन्तरगतका ठाउँमा तीन दिन विद्युत अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँसुर फिडर अन्तरगतका ठाउँमा तीन दिन विद्युत अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०७९, बिहीबार

    दमाैली । मुग्लिङ पोखरा सडकखण्ड विस्तारका लागि रुख काट्नुपर्ने भएकाले शुक्रबार, शनिबार र आइतबार तनहुँसुर फिडर अन्तर्गतका ठाउँहरुमा विद्युत अवरुद्ध हुने भएको छ । चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीले सडक छेउ दायाँबायाँ रुखहरु काट्ने भएको र उक्त रुखहरु काट्दा विद्युतीय लाइनमा पर्ने भएकाले तीन दिन बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरुद्ध हुन लागेको हो ।

    तनहुँसुर फिडर अन्तर्गतका देउराली, कमलाबारी, बेलघारी, गोल्ला र कर्लुङ क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरण तनहुँले जनाएको छ ।