उपाध्यक्ष उम्मेदवार मेरी आमालाई सुझाव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    उपाध्यक्ष उम्मेदवार मेरी आमालाई सुझाव

    ममता घिमिरे

    १४ बैशाख २०७९, बिहीबार

    वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा म्याग्दे गाँउपालिकाको उपाध्यक्ष पदको उमेद्द्वार हुनुभएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना। चरम पित्रिसतात्मक चिन्तनले ग्रसित रहेको अवस्थामा पनि आफ्नो घर, परिवार र सिंगो समाजले निर्धारणा गरेको सिमारेखालाई पार गर्दै विद्यालय स्तरदेखी नै सकृया राजनीतिमा प्रवेश गर्नुभएको तपाईंको ईतिहास कुनै चलचित्रको कथा जस्तो लाग्छ।

    तपाईंको उम्मेदवारीले पक्षपात र नातावाद बिनानै महिलाहरु अघि बढ्न सक्दछन् भन्ने उदाहरण प्रस्तुत गरेको छ। तपाईं मेरो प्रेरणाकाे स्राेत हुनुहुन्छ। स्थानिय सरकारको नेत्रित्व गर्ने र निती तर्जुमा गर्ने बिषयहरुमा अब्बल हुनुहुन्छ। गाँउपालिकामा केही सुधार गर्नुपर्ने, धेरै सुरुवात गर्नुपर्ने बिषयहरु छन्। त्यस भेगमा आफ्नो जीवनकाे महत्वपुर्ण १९ वर्ष विताउँदै गर्दा, तपसिलका विषयहरुमा स्थानीय सरकारले ध्यान पुर्‍याउन पर्ने महशुस गरेकी छु।

    (१) म हाल पृथ्वी नारायण क्याम्पसमा स्नातक तहमा अध्यनरत छु। मैले काठमान्डौको Trinity कलेजबाट +2 सकेकी थिएँ। घर परिवारबाट टाढा रहेर पढ्नु मेरो रहर होइन, बाध्यता हो। कमसेकम +2 तह सम्म हरेक विद्यार्थीले गुणस्तरिय रुपमा गा.पा भित्रकै विद्यालयमा पढ्न पाउने वातावरण श्रीजना गरिनुपर्छ।

    (२) हरेक विद्यालयमा छात्राहरुकोलागी निशुल्क Sanitary Pad को व्यवस्था गरिनुपर्छ। त्यसलाई व्यवस्थापन गर्न Vending Machine को प्रयोग गरिनुपर्छ।

    (३) विद्यार्थी बिरामी भएको खण्डमा, आराम गर्न र प्राथमिक उपचार प्रदान गर्नका लागि, कम्तिमा एक जना स्वास्थ्यकर्मी सहितको आराम कक्ष(Sick Room) को स्थापना गरिनुपर्छ।

    (४) विद्यार्थीमा अन्तरानीहित प्रतिभालाई प्रष्फुटन गर्नका लागि हरेक वर्ष पालिका स्तरिय ”प्रतिभा पहिचान कार्यक्रम” संचालन गरी थप Exposure प्रदान गरिनुपर्दछ। विद्यार्थीले भोग्दै आएका समस्या लाई सुनुवाई र सम्बोधन गर्नका लागि “विद्यार्थी सँग गाँउपालिका” नामक अन्तर्कृया कार्यक्रम संचालन गरिनुपर्छ।

    (५) उच्च रक्तचाप र सुगरका बिरामीहरुलाई नियमित पारामर्श सेवा प्रदान गर्ने र दैनिक रुपमा औषधी सेवान गर्ने आर्थिक अवस्था कमजोर भएका दिर्घ रोगीहरुलाई निशुल्क औषधीको व्यवस्था गरिनुपर्छ।

    (६) हृदयघातका कारण म्याग्देली जनताले बाटैमा(पोखरा लाँदा लाँदै) मृत्‍यु वरण गर्नुपर्ने अवस्था छ। यसलाई न्युनिकरण गर्न पालिका भित्रकै स्वस्थ्य चौकीहरुमा आवश्यक संरचनाको निर्माण र प्रविधिको व्यवस्था गरिनुपर्छ। जसरी हिजोका दिनहरुमा एक उत्कृष्ट क्रिषक, कुशल अभिभावक, असल बुहारी, उदाहरणिय समाजसेवी र असल राजनिति कर्मीको रुपमा आफ्नो जीवन व्यतित गर्नुभयो, त्यसैगरि जनप्रतिनिधी भाईसकेपछी पनि आफुलाई प्रमाणित गर्नुहुनेछ भन्ने कुरामा विश्वस्त छु। गा. पा उपाध्यक्ष सेवामुलक जिम्मेवारी हो, जागिर होईन। जनताले निर्वाचित गरेर ५ वर्षको म्यान्डेट दिएको खण्डमा त्यस समय अवधिमै आफूले गरेका प्रतिबद्धता पूरा गरी आफूलाई प्रमाणित गर्नुहोला। निर्वाचित भएर आफ्नो भिजन अनुसार काम गरिसकेपछि फेरिपनि सोही पदमा दोहोरिनु उचित हुँदैन, जनतालाई साक्षी राखेर नदोहोरिने प्रतिबद्धता गर्नुहोला।