रेलिङले च्यापिएर घाइते महिलाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रेलिङले च्यापिएर घाइते महिलाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०७९, बिहीबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–१ माइलीडाँडामा रेलिङले च्यापिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ५६ वर्षीय बसुन्धरा विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    ग १ ख ५८७५ नम्बरको टिप्परले निर्माण सामग्री खन्याउने क्रममा घरको रेलिङमा ठक्कर दिई सोही रेलिङले च्यापिएर घाइते महिलाको बिहीबार उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए। घाइते महिलालाई तत्कालै रत्नहरि अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि पोखरा पठाइएको थियो ।

    टिप्पर चालक म्याग्दे गाउँपालिका–६ घर भई व्यास नगरपालिका–१ चारकुने बने ४८ वर्षीय चेतकुमार खवासलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाविरुद्ध सवारी ज्यान मुद्दामा बिहीबार तनहुँ अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।

    फाइल फाेटाे