भिमाद । तनहुँको भिमाद नगरपालिकाले स्थानीय तह निर्वाचनका प्रयोजनार्थ नगरपालिकाका सेवा स्थगित गरेको छ । स्थानीय तह निर्वाचनका लागि भिमाद र अन्तर्गत कार्यरत कर्मचारी निर्वाचनमा खटिनुपर्ने भएकाले अत्यावश्यक सेवाहरु बाहेक अन्य सेवा वैशाख २६ गतेदेखि ३० गतेसम्मका लागि स्थगित गरिएको छ ।
यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति नगरपालिकाले क्षमायाचना गरेको छ ।