तनहुँका थापाद्वारा कञ्चनजङ्घा हिमाल आरोहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका थापाद्वारा कञ्चनजङ्घा हिमाल आरोहण

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०७९, आईतवार

    दमौली । तनहुँको व्यास नगरपालिका-९ गजौडे निवासी अमित थापाले कञ्चनजङ्घा हिमाल आरोहण गरेका छन्। नेपाली सेनामा सिपाही पदमा कार्यरत थापाले शनिबार ८ हजार ५ सय ८६ मिटर उचाइमा अवस्थित उक्त हिमालको आरोहण गरेका हुन् ।

    सेनाको अगुवाईमा सञ्चालन भइरहेको ‘सफा हिमाल अभियान २०२२’ अन्तरगत हिमालको सफाईको क्रममा थापा सहितको टोलीले कञ्चनजङ्घा हिमाल आरोहण गरेको हो । उक्त टोलीमा सहसेनानी राजु श्रेष्ठ समेत सहभागी छन् । साथै शेर्पा सहयोगीहरुको तर्फबाट छिरिङ जाङवु शेर्पा, ङिमा छिरिङ शेर्पा, छेवाङ शेर्पा र फूर्वा शेर्पा सहभागी छन् ।

    ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लु हिमालहरुको सफाईको क्रममा कञ्चनजंघा, सगरमाथा र ल्होत्से हिमाल नेपाली सेनाका सदस्यहरुले आरोहण गर्ने योजना रहेको नेपाली सेनाले जनाएको छ।