काङ्ग्रेसले सबैलाई मिलाउने काम गरेको छ : नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेसले सबैलाई मिलाउने काम गरेको छ : नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०७९, आईतवार

    दुलेगाैडा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालको राजनीतिमा काङ्ग्रेसले सबैलाई मिलाउने काम गरेको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ मा आइतबार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता पौडेलले सबैलाई मिलाएर लैजान सक्ने क्षमता काङ्ग्रेसमा मात्र रहेको जिकिर गरे।

    नेता पौडेलले समाजमा विभाजन नभई एकता कायम गर्ने काङ्ग्रेसको मूल ध्येय रहेको बताउँदै भने “बहुदलीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न, संविधान कार्यान्वयन गर्न सबैलाई मिलाएर हिँड्न चाहन्छौ । कम्युनिष्ट पार्टीका नेताहरु काङ्ग्रेसको नेतृत्व स्वीकार गरेर गठबन्धन गर्न आउनुभएको छ ।”

    नेता पौडेलले एकताको विकास गर्नका लागि राजनीतिक धु्रवीकरण बढाउने नभई घटाउनेतर्फ काङ्ग्रेस लागेको उल्लेख गरे। “२०७४ सालमा कम्युनिष्टहरु मिलेर काङ्ग्रेससँग प्रतिस्पर्धा गरे, त्यो गठबन्धन धेरै समय टिक्न सकेन, दुई तिहाईको सरकार कम्युनिष्टकै कारण विघटन भयो,” पौडेलले भने, “कम्युनिष्टको सरकार भएको बेला केही काम गर्न सक्नुभएन ।”

    नेता पौडेलले शुक्लागण्डकी नगरपालिकामा पनि गठबन्धन गरेर चुनाव लडेकाले गठबन्धनका उम्मेदवारलाई जिताउन सम्पूर्ण कार्यकर्तालाई आग्रह गरे । काङ्ग्रेसले चुनाव जितेपछि यस ठाउँमा धुलो उड्ने बाटो कालोपत्रे गरिने बताउँदै पौडेलले शुक्लागण्डकीलाई पर्यटनको केन्द्र बनाइने दावी गरे।