‘जिम्मेवार भएर आचारसंहिता पालना गरौँ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    ‘जिम्मेवार भएर आचारसंहिता पालना गरौँ’

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७९, सोमबार

    दुलेगाैडा । शुक्लागण्डकीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जिम्मेवार भएर निर्वाचन आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिएका छन् । निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकीले आइतबार आयोजना गरेको सर्वदलीय बैठकमा बोल्ने वक्ताहरुले जिम्मेवार नागरिकको हैसियतले सबैले आचारसंहिता पालना गर्नुपर्ने बताइन्।

    शुक्लागण्डकीकी निर्वाचन अधिकृत सरिता रायमाझीले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नलाई सबैले आचारसंहिताको पालाना गर्नुपर्ने बताईन् । मौन अविधिमा आचारसंहिताको पुर्ण पालना गर्न उनको अनुरोध छ ।

    शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाबल्लभ न्यौपानेले जिम्मेवार र सभ्य नागरिकको परिचय दिदैँ आचारसंहिता पालना गर्नुपर्ने बताए । ‘सबै आफैँ जिम्मेवार भयौँ भने समस्या हुदैन् । राजनीतिक दल र उम्मेद्वारले पनि आफ्नो आदर्श र सिद्धान्त नभुलौँ’, उनको भनाई छ ।

    इलाका प्रहरी कार्यालय बेलचौतारीका प्रमुख प्रहरी निरिक्षक भोजराज पाण्डेले निर्वाचनलाई शान्तिपुर्ण ढंगले सम्पन्न गर्नलाई शान्ति सुरक्षालाई विशेष ध्यान दिएको बताए । नागरिकको शान्तिपुर्ण रुपमा बाच्न पाउने अधिकारको हनन नगर्न राजनीतिक दलहरुलाई उनको सुझाव थियो ।

    नेकपा एमालेकी केन्द्रिय सदस्य सविता रसाईलीले जुनसुकै आस्था र विचार राखेपनि साझा उदेश्य शुक्लागण्डकीलाई समृद्ध बनाउने भएको बताईन् । शुक्लागण्डकी नगरपालिकाकी उपमेयर समेत रहेकी उनले निर्वाचन आयोगको आचारसंहितालाई पालना गर्दै शुक्लागण्डकीलाई नमुना बनाउन अनुरोध गरिन् ।

    नेपाली कांग्रेस शुक्लागण्डकी नगर कार्य समितिका सचिव शिव रेग्मीले आचारसंहिता पालनामा कमजोरी भएको भए अब सुधार्ने प्रतिबद्धता जनाए ।

    जनता समाजवादी पार्टीं शुक्लागण्डकीका अध्यक्ष देउनारायण श्रेष्ठले ठुला दलले आचारसंहिता पालना नगरेको गुनासो गरे । ‘ठुला दलले जे गरेपनि हुने हो’, प्रश्न गर्दै उनले भने, ‘ठुला दल नसुध्रिए यो देशको अवस्था नाजुक बन्दछ ।’

    समुन्नत लोकतान्त्रिक पार्टीको तर्फबाट मेयरमा उम्मेद्वारी दिएका जगदीश काफ्लेले ठुला दलले १० वटा गाडी हुकाउदै आचारसंहिता पालना नगरेको गुनासो गरे ।