पॉच वर्षमा भएका कामको नतिजा आउने बेला भएको छ : राना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    पॉच वर्षमा भएका कामको नतिजा आउने बेला भएको छ : राना

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७९, सोमबार

    म्याग्दे । म्याग्दे गाउँपालिकाका अध्यक्ष उम्मेदवार मायादेवी रानाले विगत पॉच वर्षमा भएका कामको नतिजा अब आउने क्रममा रहेको बताएकी छन् । म्याग्दे-१ स्थित तल्लो गुणादी, सियाले, म्याग्दे-७ स्थित पयर, बेलबोटेमा सोमबार घरदैलोमा रानाले आफूहरुले गरेको कामको नतिजा अब आउने बताइन् ।

    पॉच वर्षको अवधिमा पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा धेरै काम भएको भन्दै उनले भनिन्, ‘कामकै मूल्याङ्कन गरेर पार्टीले मलाई पुन: टिकट दियो, जनताले पनि फेरि काम गर्ने अवसर दिनेमा ढुक्क छु ।’

    मौन अवधि सुरु हुन एक दिन बॉकी रहँदा रानाले घरदैलो अभियानलाई तीव्रता दिएका छिन् ।