गुरुङ भन्छन् : एमालेकाे नेतृत्वमा मात्र विकास र समृद्धि सम्भव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गुरुङ भन्छन् : एमालेकाे नेतृत्वमा मात्र विकास र समृद्धि सम्भव

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७९, सोमबार

    भिमाद । नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले नेकपा एमालेको नेतृत्व मात्र
    विकास र समृद्धि सम्भव हुने बताएका छन् । भिमाद नगरपालिका-५ मा सोमबार आयोजित
    चुनावी सभालाई सम्बोधन गर्दै गुरुङले विकास, समृद्धी र सुशासनको लागि स्थानीय निर्वाचनमा एमालेका उम्मेदबारलाई जिताउनु पर्ने बताए ।

    पूर्वमन्त्री समेत रहेका गुरुङले एमालेको नेतृत्वमा मात्र विकास र समृद्धीको अभियान पुरा हुने बताए । जेष्ठ नागरिक, एकल महिला, दलित र उपेक्षित समुदायलाई एमालेको नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएर राज्यबाट अपनत्व प्रदान गरिएको नेता गुरुङको भनाई थियो ।

    गण्डकी प्रदेशका निवर्तमान अर्थमन्त्री गुरुङले आफु मन्त्री हुँदा भिमाद क्षेत्रको विकासको लागि धेरै योजनाहरु समावेश गरेको बताए । भिमाददेखि देउराली भन्ज्याङ, मानपुर हुँदै रामपुर जोड्ने कृष्णमार्ग कालोपत्रे गर्ने कार्यको लागि आफुले नै बजेट बिनियोजन गरेर काम सुरु भएको गुरुङले बताए । एमाले नेतृत्वको प्रदेश सरकारले सुरु गरेको एक घर एक धाराको कार्यक्रम बर्तमान
    सरकारले बन्द गरेको आरोप लगाए ।

    एमालेलाई जित्न नसकिएपछि पाँच वटा पार्टीको गठबन्धन गर्नु परेको भन्दै गुरुङले केन्द्रमा रहेको पाँच पार्टी जिल्ला र स्थानीय तहसम्म आईपुग्दा दुई वटामा खुम्चिनु परेको बताए । अव स्थानीय चुनाव पछि यो गठबन्धन तहस नहस हुने गुरुङको दावी थियो ।

    कार्यक्रममा मेयरका उम्मेदवार दधिराज सुवेदी र उपमेयर उम्मेदवार शारदा खनालले बाेलेका थिए ।