कांग्रेसको सभामा गएका बालक कालीगण्डकीमा बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    कांग्रेसको सभामा गएका बालक कालीगण्डकीमा बेपत्ता

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०७९, मंगलवार

    घिरिङ । तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा गएका एक बालक कालीगण्डकी नदीमा बेपत्ता भएका छन् । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सोमबार आयोजना गरेको चुनावी सभामा लगिएका १३ वर्षीय इश्वर विक पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।

    घिरिङ-५ धेनुङका विकलाई चुनावी सभामा सहभागी हुन लगिएको थियो । साथीहरुसँग पौडी खेल्न गएका बेला विक बेपत्ता भएका हुन् । बेपत्ता बालक फेला नपरेको प्रहरीले जनाएको छ ।

    यसैबीच बालकका आमा पूर्णमाया विकले छोराको खोजीमा सहयोग गर्न आग्रह गरेकी छन् ।