भिमाद : नेकपा एमालेको तर्फबाट भिमाद नगरपालिकाको मेयरमा दधिराज सुवेदी र उपमेयरमा शारदा खनाल चुनावी मैदानमा उत्रिएका छन् । हालसम्म एमालेको पकड मानिने भिमादमा एमालेका उम्मेद्वारहरु घरदैलोमा व्यस्त देखिन्छन् । यसअगाडीको स्थानीय निर्वाचनमा मेयर उपमेयर दुवै पदमा एमालेका उम्मेद्वारले विजयी हासिल गरेका थिए ।
उपमेयरमा उम्मेद्वारी दिएकी शारदा अघिल्लो निर्वाचनमा पनि लोकप्रिय मतका साथ विजयी भएकी थिईन् । दोस्रो कार्यकालका लागि पार्टीबाट अनुमोदित भएर चुनावी मैदानमा उत्रिएकी उनी सरल सालिन स्वभावकी छन् । जनप्रेमी नेताको रुपमा परिचत उनले यसपाली पनि आफ्नो जित सुनिश्चित रहेको बताईन् । ‘पाँच बर्षमा गरेका काम र जनताको घरदैलोमा पुग्दा पाएको माया र सद्भावले जित सुनिश्चित देखेको छु’, उनले भनिन् ।
आफुले उपमेयरमा विजयी हासिल गरेपछि संविधानले सुनिश्चित गरेका महिलाको हक अधिकार कार्यन्वयन गराउने बताईन् । पछाडी परेका महिलालाई अगाडी ल्याउने उनले उल्लेख गरिन् । खबरपुञ्जसँगको कुराकानीमा उनले भनिन्, ‘लैगिंक विभेद हटाउदै महिला सशक्तिकरणका लागि मेरो उम्मेद्वारी हो । महिलालाई सिपमुलक तालिम दिएर रोजगारीसँग जोड्दै आत्मानिर्भर बनाउन लाग्नेछु ।’
अनुगमनलाई प्रभावकारी बनाएर भ्रष्टचारमुक्त नगरपालिका निर्माण गर्ने उनको प्रतिबद्धता छ । न्यायिक समितिको विश्वसनियतालाई उच्च बनाउदै सबैको समान पहुँच पु¥याउने खनालले बताईन् । पिछडिएको वर्ग, क्षेत्र र समुदायको उत्थानमा आफु खटिने उनको भनाई छ । ‘पार्टीको घोषणापत्रलाई पनि अक्षरंश कार्यन्वयन गराउनेछु’, उनले भनिन् । आफु जनताको सेवक बन्नलाई चुनावी मैदानमा होमिएको उनको भनाई छ ।