महिलाको सम्मानका लागि एमालेलाई मत दिऔं : सिग्देल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    महिलाको सम्मानका लागि एमालेलाई मत दिऔं : सिग्देल

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०७९, मंगलवार

    दुलेगाैडा । बैशाख ३० गते स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै एमाले निकट राष्ट्रिय युवा संघ नेपाल शुक्लागण्डकी नगर समितिले शुक्लागण्डकीमा मंगलवार मोटरसाईकल ¥याली निकालेको छ । र्यालीले दुलेगौंडा, बेलचौतारा, खैरेनीटार, सेरा, शान्तिनगर पुनः दुलेगौंडा हुदै ढोरफिर्दीका विभिन्न क्षेत्र परिक्रमा गरेको युवा संघ नगर अध्यक्ष अध्यक्ष भगवान पुनले जानकारी दिए ।

    र्यालीपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य केदार सिग्देलले देशभर एमालेको पक्षमा जनलहर देखिएको भन्दै विजयीको नजिक पुगिसकेको उल्लेख गरे । उनले मौनअवधिदेखि मतगणना सम्पन्न नहुदासम्म युवाहरु हरेक गतिविधिमा चनाखो रहन आग्रह गरे ।

    नेता सिग्देलले गठबन्धनले आधा भन्दा बढि जनसंख्या भएको महिलालाई उपेक्षा गरेको उल्लेख गरे । अपवित्र गठबन्धनले लोकतन्त्र र महिलाको अपमान गरेको उनको भनाई छ । ‘विभिन्न पालिकामा हेरौं । गठबन्धनका कारण महिलाबीच प्रतिष्पर्धा हुन सकेको छैन,’ उनले भने, ‘शुक्लागण्डकीमा पनि महिलालाई सम्मानकालागि सुर्य चिन्हमा मतदान गर्न जरुरी छ ।’

    शुक्लागण्डकीमा प्रमुख पदमा मुक्तिनाथ तिम्सिना र उपप्रमुख पदमा फुलमाया वाग्ले उम्मेदवार छिन् । एमाले गण्डकी प्रदेश सचिवालय सदस्य रामचन्द्र उपाध्यायले आचारसंहिता पालना गरि निर्वाचन सम्पन्नताकालागि सहयोग गर्न युवाहरुलाई आग्रह गरे ।

    यसैबीच एमालेबाट मेयरका उम्मेदवार तिम्सिना र उपमेयरका उम्मेदवार वाग्लेले बैशाख १८ गतेबाट शुरु गरेको घरदैलो अभियान सबै वडामा पुगेर सम्पन्न भएको छ । वडा नं. ९ स्थित ढोरबाराही मन्दिरमा दर्शन र प्रतिवद्धतासँगै शुरु भएको अभियान मंगलवार मिलडाडाँ, बेलचौतारा, दुलेगौंडा, गाछेपानीमा पुगेर सकिएको हो ।

    उम्मेदवार तिम्सिनाले १२ वटै वडामा पुग्दा त्यस क्षेत्रको विकासको अवस्था र जनताकोे अपेक्षासँगै सुझाव संकलन गर्ने अवसर मिलेको बताए । ‘हरेक ठाउँमा एमालेको सुर्य चिन्ह लिएर पुग्दा मतदातामा उत्साह छाएको पाएको छु,’ उनले भने, ‘हाम्रो समुहलाई भारी मतले विजयी गराउनुहुने छ ।’ उपप्रमुखकी उम्मेदवार वाग्लेले संविधानले दिएको अधिकारलाई मतदाताले मुल्यांकन गर्ने विश्वास गरिन् । कार्यक्रममा युवा नेताहरु कोमल बहादुर बाँनीया, मनोज बानीया लगायतले बोलेका थिए ।