दमाैली । नेपाली कांग्रेस तनहुँले भिमादमा एमालेले आफ्ना कार्यकर्तालाई आक्रमण गरेकाे आराेप लगाएकाे छ । कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बुधबार विज्ञप्ती जारी उक्त आराेप लगाएका हुन् ।
भिमाद नगरपालिका– २ फुचुङ्गमा राति १०ः३० बजे कांग्रेस कार्यकर्तामाथि आक्रमण भएकाे विज्ञप्तीमा उल्लेख छ । नेपाली काँग्रेस पार्टीको कार्यक्रममा सहभागी भई फर्कदा नेकपा एमाले भिमाद नगर कमिटी वडा नम्वर २ का सचिव एवं सदस्यका उम्मेदवार प्रेम राना सहित १५ जनाको सख्यामा रहेको समूहले कार्यकर्ता विवश थापा माथि आक्रमण गरी घाईते बनाएकाे बताइएकाे छ ।