एमालेको आरोपको खण्डन गर्दै काङ्ग्रेसका वडाध्यक्ष उम्मेदवारले भने, ‘हामीलाई बाटो छेकेर आक्रमण भयाे’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमालेको आरोपको खण्डन गर्दै काङ्ग्रेसका वडाध्यक्ष उम्मेदवारले भने, ‘हामीलाई बाटो छेकेर आक्रमण भयाे’

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०७९, बुधबार

    भिमाद । तनहुँको भिमाद नगरपालिका–२ बाट काङ्ग्रेसका वडाध्यक्ष उम्मेदवार भिमबहादुर थापा (मणि) ले नेकपा एमालेले आफूप्रति लगाएको आरोपको खण्डन गरेका छन् । आफूले हतियार प्रदर्शन गर्दै नहिँडेको बरु एमाले कार्यकर्ताले आफूहरुमाथि आक्रमण गरेको उनले बताएका छन् ।

    कार्यक्रम सकिएर फर्किर्द गर्दा बाटोमा मदिरा सेवन गरेका एमालेका कार्यकर्ताहरुले बाटोमा रोकी झगडा गरेको उनले बताए । एमालेका वडा सदस्य उम्मेदवार प्रेम थापाको नेतृत्वमा युवाहरुले आफूहरुको पिछा गर्दै बाटोमा रोकेर खुडा देखाएको उनले बताए ।

    “नियतवश हाम्रो पिछा गर्यो, प्रेम रानाको नेतृत्वमा सात/आठ जना भाइहरुले बाटो कुरेर हामी पनि बाइकमा जानुपर्यो भनेँ, नचिनेको गाउँको भए पनि अर्को कुरा, सबै मान्छे चिनिराखेको थियो,” उनले भनेका छन्, “एउटै ठाउँको मान्छे हो, एमाले उम्मेदवार त साइनोले मेरै मामा हो, हामीबीच केही तिक्तता छैन । सौहार्दपूर्ण वातावरणमा चुनावप्रचार गरेका थियौ ।”

    एमाले कार्यकर्ताले लिएको खुँडा र वियरका बोतलहरु आफूहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थापाले बताए । एमाले कार्यकर्ताकाे आक्रमणबाट कांग्रेस कार्यकर्ता विवश थापा घाइते भएकाे बताइएकाे छ ।