वरिष्ठ नेता पौडेल र श्रममन्त्री श्रेष्ठले कहॉबाट गर्दैछन् मतदान ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वरिष्ठ नेता पौडेल र श्रममन्त्री श्रेष्ठले कहॉबाट गर्दैछन् मतदान ?

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०७९, बिहीबार

    दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ मतदानका लागि गृहजिल्ला आउने भएका छन् । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतदान गर्न पौडेल र श्रेष्ठ बिहीबार गृहजिल्ला आउन लागेका हुन् ।

    पौडेलले व्यास-२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । पौडेल सॉझ दमौली आइपुग्ने पौडेलका स्वकीय सचिव चिरञ्जीवि पौडेलले जानकारी दिए ।

    यसैगरी मन्त्री श्रेष्ठले व्यास-४ स्थित मदर्सा प्रावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।