दमाैली । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि तनहुँका सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाका दुई सय ९७ वटै मतदान केन्द्रमा मतदानस्थल निर्माणका सकिएका छन् भने नयाँ मतदातालाई परिचयपत्र वितरणको काम भइरहेको छ ।
सबैभन्दा बढी मतदाता रहेको व्यास नगरपालिकामा मेयर उम्मेदवार वैकुण्ठ न्यौपानेले व्यास–४ स्थित मदर्सा प्रावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । त्यस्तै मेयरका अर्का उम्मेदवार दीपकराज जोशीले व्यास–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।