बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। जारी मतगणना अनुसार माओवादीका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार दुवैले अग्रता लिएका छन् ।
५०० मत गनिसक्दा माओवादी अध्यक्ष उम्मेदवार पूर्णसिं थापाले २२४ र उपाध्यक्ष उम्मेदवार करुणा गुरुङले २४२ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार ध्रुवलाल प्रधानले १२९ र उपाध्यक्ष उम्मेदवारले १४० मत प्राप्त गरेका छन् । एमाले अध्यक्ष उम्मेदवार सुरेन्द्र थापाले १०८ र उपाध्यक्ष उम्मेदवार केशमाया गुरुङले ७५ मत प्राप्त गरेका छन् ।