भिमाद :१३५५ मत गन्दा एमालेको अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमाद :१३५५ मत गन्दा एमालेको अग्रता

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०७९, शनिबार

    दुलेगौँडा : भिमाद नगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ । एक हजार ३५५ मत गन्दा मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेद्वारको अग्रता छ ।

    एमालेका मेयरका उम्मेद्वार दधिराज सुवेदीले ६६९ मत पाएका छन् । उपेमयरमा शारदा खनालले ६४१ मत पाएकी छन् ।

    गठबन्धनको तर्फबाट मेयरका उम्मेद्वार एकिकृत समाजवादी पार्टीका काजीमान श्रेष्ठले ४५१ र उपमेयरका उम्मेद्वार नेपाली कांग्रेसका मिलन आलेले ५६३ मत पाएका छन् ।