म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवार श्रीप्रसाद श्रेष्ठले मतान्तर बढाएका छन् । वडा नम्बर १, २ र ३ को दुई ६ सय ८१ मतगणना सकिदा श्रेष्ठले एक हजार तीन सय ५६ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार मायादेवी रानाले ९ सय ६० मत प्राप्त गरेकी छन् । उपाध्यक्षमा भने कांग्रेस उम्मेदवार बालकृष्ण घिमिरेको अग्रता कायमै छ । घिमिरेले एक हजार दुई सय ६७ मत प्राप्त गर्दा एमालेकी रत्नादेवी घिमिरेले एक हजार ६७ मत प्राप्त गरेका छन् ।