भिमाद–१ को वडाध्यक्षमा नेपाली काङ्ग्रेस, वडा सदस्यमा एमाले उम्मेदवार विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमाद–१ को वडाध्यक्षमा नेपाली काङ्ग्रेस, वडा सदस्यमा एमाले उम्मेदवार विजयी

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०७९, शनिबार

    भिमाद । तनहुँको भिमाद नगरपालिका–१ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका दिपक आले विजयी भएका छन् । शनिबार सम्पन्न मतपरिणाम अनुसार आले एक हजार ५९ मत प्राप्त गरी विजयी भएका हुन् ।

    अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका बलबहादुर थापाले एक हजार दुई मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार वडा सदस्यमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    एमालेबाट महिला वडा सदस्यले एक हजार ९६, दलित महिला वडा सदस्यले एक हजार ७८, वडा सदस्यले एक हजार ७२ र एक हजार एक सय दुई मत प्राप्त गरी विजयी भएकाे शर्माले जानकारी दिए ।

    नेपाली काङ्ग्रेसबाट महिला वडा सदस्यले नौ सय ४०, दलित महिला सदस्यले नौ सय ३६, वडा सदस्यले आठ सय ८० र आठ सय ८० मत प्राप्त गरेका छन् ।

    २०७४ काे निर्वाचनमा उक्त वडामा एमालेले प्यानल जितेकाे थियाे ।

    उक्त वडाबाट नगरप्रमुखमा एमालेलाई एक हजार एक सय ३७, उपप्रमुख उम्मेदवारलाई एक हजार ८६ मत आएको छ । गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार नेकपा एकीकृत समाजवादीलाई सात सय ७५ र उपप्रमुखका उम्मेदवार नेपाली कांग्रेसलाई नौ सय ५९ मत आएको छ ।