दमाैली । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार वैकुण्ठ न्यौपानेले तनहुँमा कांग्रेस विरुद्ध षड्यन्त्र गरेर मान्छे लखेट्ने चेतावनी दिएका छन् । व्यास नगरपालिकाको मतगणना माग गर्दै कांग्रेस कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडी गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले मतगणना तत्काल सुरु गर्न माग गरे ।
जिल्लाभर मतगणना कार्य सुरु भइसकेको भन्दै न्यौपानेले व्यासमा निर्वाचन आयोगको नालायकीपन देखिएको आरोप लगाए । “निर्वाचन आयोगमा के लेखेर पठाएको छ हामीलाई देखाउनप¥यो, षड्यन्त्र गर्ने हामी विरुद्ध, अनि टिकौला तिमीहरु, यहाँ कोही टिक्न सक्छ कांग्रेस हो यहाँ, हामीले धेरै मान्छे लखेटेका छौ, लखेटिन सक्छौ ।”
न्यौपानेले रिस्तीमा प्रमुखका उम्मेदवारबाटै मतपत्र च्यातिएकाले दोषीमाथि कारवाही हुनुपर्ने बताए । “जसले बदमासी गर्छ उसैलाई संरक्षण गर्ने, उसैको हितमा काम गर्ने निर्वाचन आयोग विरुद्ध हामी लाग्छौ, फेरि पनि यही षड्यन्त्र हुन्छ भने हामी लखेट्छौ यो कुरा बुझ्नुस ।”